(पुरानो गजल आज फेरि पोष्ट गरे)
-----------गजल ---------------
कहिले जोश चल्छ रन्किदै लेख्छु ।
सुन्छु नानाथरि कुरा अनि सन्किदै लेख्छु ।
--------------------------------
यसो हेर्छु दुनियालाई सवैको कर्के नजर ,
मनमा आगो वल्छ अनि दन्कीदै लेख्छु ।
--------------------------------
जे गर्न खोजेपनि असफलता मात्रै ,
आफुदेखि रिसिदै भन्किदै लेख्छु ।
--------------------------------
जे भएपनि चित्त बुझाउनै पर्ने ,
मनलाई शान्त पार्दै थान्किदै लेख्छु ।
--------------------------------
कहिले जोश चल्छ रन्किदै लेख्छु ।
सुन्छु नानाथरि कुरा अनि सन्किदै लेख्छु ।
No comments:
Post a Comment