Friday, 11 April 2014

गजल

(पुरानो गजल आज फेरि पोष्ट गरे)

-----------गजल ---------------

कहिले जोश चल्छ रन्किदै लेख्छु ।
सुन्छु नानाथरि कुरा अनि सन्किदै लेख्छु ।
--------------------------------

यसो हेर्छु दुनियालाई सवैको कर्के नजर  ,
मनमा आगो वल्छ अनि दन्कीदै लेख्छु ।
--------------------------------

जे गर्न खोजेपनि असफलता मात्रै  ,
आफुदेखि रिसिदै भन्किदै लेख्छु ।
--------------------------------

जे भएपनि चित्त बुझाउनै पर्ने  ,
मनलाई शान्त पार्दै थान्किदै लेख्छु ।
--------------------------------

कहिले जोश चल्छ रन्किदै लेख्छु ।
सुन्छु नानाथरि कुरा अनि सन्किदै लेख्छु ।